दशैँ, तिहार पर्वलाई लक्षित गरी राप्ती गाउँपालिकाद्धारा बजार अनुगमन शुरु



दशैँ, तिहार पर्वलाई लक्षित गरी राप्ती गाउँपालिकाद्धारा बजार अनुगमन शुरु

सिसहनियाँ १३ असोज । दशैं, तिहार र छठ जस्ता महत्वपूणर् चार्डपर्व लक्षित गरी राप्ती गाउँपालिकाले बिहिबार देखि बजार अनुगमन शुरु गरेको छ । चार्डपर्वका समयमा उपभोक्ताहरु ठगिनबाट बचाउन र बजारमा हुने कालोबजारी, मूल्यबृद्धि र म्याद गुज्रिएको बस्तुहरुको बिक्री बितरणलाई नियन्त्रण गर्न पहिलो देखि राप्ती गाउँपालिका—५ को प्रगतिनगर सिसहनियाँ बजार र वार्ड नम्बर ६ स्थीत पथरगढवाको चौबाटो चोकमा बजार अनुगमन गरिएको छ ।

उपभोक्ता हित संरक्षण समितिका मुख्य सरक्षक तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको नेतृत्वमा बजार अनुगमन गरिएको छ । राप्ती गाउँपालिका—५ को प्रगतिनगर सिसहनियाँ बजार र वार्ड नम्बर ६ स्थीत पथरगढवाको चौबाटो चोकमा रहेका खाद्य तथा किराना पसल, खुद्रा पसल, होटेल, डेरी, फलफूल पसल र फ्रेस हाउस गरी करिब दुई दर्जन बढी पसलमा अनुगमन गरिएको अनुगमन समितीका संयोजक तथा राप्ती गाउँपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख जिवराज पौडेलले जानकारी दिनु भएको छ । पहिलो दिनको अनुगमनमा म्याद नाखेका र अखाद्य बस्तु फेला नपरेको बताइएको छ । शुक्रबार पुरानो भालुवाङ बजार, पुल्चोक बजार, पाखापानी, लालमटिया, मसुरिया, मौरीघाट, पिपरी र सिसहनियाँमा छुटेका पसलहरुको अनुगमन गरिने संयोजक जिवराज पौडेलले जानकारी दिए ।

अनुगमनको क्रममा खाद्य वस्तुको उपभोगको म्याद, व्यवसाय दर्ता, मूल्यसूची, सरसफाई भए नभएको, बोर्डमा पाना नम्बर भए नभएको अनुगमन गरिएको थियो । गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारका लागि राप्ती गाउँपालिकाले अब प्रत्येक तीन/तीन महिनामा बजार अनुगमन गर्ने जनाएको छ ।

बजार अनुगमन कार्यक्रममा उपभोक्ता हित संरक्षण समितिका मुख्य सरक्षक तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, अनुगमन समितीका संयोजक तथा राप्ती गाउँपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख जिवराज पौडेल, ईलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी प्रमुख जीवन केसी, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पूणर्बहादुर बुढाथोकी, संघका सचिव मदन पोख्रेल र राप्ती प्रेस मञ्चका बरिष्ठ उपाध्यक्ष तथा रेडियो राप्ती/राप्ती टेलिभिजनका निमित्त स्टेसन म्यानेजर एवम् समाचार प्रमुख सन्तोषकुमार गुप्ता लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे