देवीकोट स्वास्थ्य इकाई केन्द्रको नवनिर्मित भवनको स्वास्थ्य मन्त्री चौधरीद्धारा उद्घाटन



देवीकोट स्वास्थ्य इकाई केन्द्रको नवनिर्मित भवनको स्वास्थ्य मन्त्री चौधरीद्धारा उद्घाटन

भालुवाङ ९ असोज । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटमा रहेको स्वास्थ्य इकाई केन्द्रले आफै भवनबाट सेवा दिन सुरु गरेको छ ।

स्वास्थ्य इकाईको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । देवीकोट निवासी दुर्योधन घर्ती मगरले ३ कठ्ठा जग्गा स्वास्थ्य इकाई केन्द्रलाई उपलब्ध गराएपछि सो भवन निमार्ण भएको हो ।  प्रदेश सरकारको १० लाख र राप्ती गाउँपालिकाको ९ लाख गरि कुल १९ लाखको लगानीको सो भवन निमार्ण कार्य सम्पन्न भई सेवा दिन समेत सुरु गरिएको राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगरले जानकारी दिएका छन् ।

यसै बीच स्वास्थ्य इकाई केन्द्रको भवनको शनिवार उद्घाटन गर्नुका साथै स्वास्थ्य समिक्षा समेत गरिएको छ । भवनको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले उद्घाटन गरेका छन् ।  भवनको उद्घाटन गर्दै मन्त्री थारुले पहाडी विकट क्षेत्र स्वास्थ्यबाट पछि परेको अवस्थामा स्वास्थ्य इकाई स्थापनाले यहाँका नागरिकलाई राहत महसुस भएको बताएका थिए । अहिले प्रदेश सरकार र स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा विशेष लगानी लगाउन सुरु गरेको बताएका थिए ।

वडा अध्यक्ष रिमबहादुर सुनारी मगरको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत जिवराज पौडेल, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख सुजनविक्रम शाह, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । देवीकोटस्वास्थ्य इकाई केन्द्रका प्रमुख यज्ञबहादुर कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव राजेन्द्र चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे