असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्वाचन आयोगको निर्देशन



असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्वाचन आयोगको निर्देशन

काठमाण्डौ ७ असाेज । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले आज एक विज्ञप्ति निकालेर असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न ७७ वटै जिल्लाका निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका हुन्।  यस अघि आयोगले सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत तोकेको थियो । साथै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउन पनि विज्ञप्तिमा भनिएको छ ।कार्यालय स्थापना गरेपछि आयोगको सहमतिबिना निर्वाचन अधिकृतहरुलाई निर्वाचन क्षेत्र नछोड्न पनि आयोगले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे