नामसालिङद्वारा राप्तीमा सञ्चालित परियोजनाहरूको अनुगमन



नामसालिङद्वारा राप्तीमा सञ्चालित परियोजनाहरूको अनुगमन

भालुवाङ ६ असोज । नामसालिङ सामुदायिक विकास केन्द्र इलामको दाङ स्थित परियोजना क्षेत्रको अनुगमन गरिएको छ ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गतका कार्यहरुको विकास कोष नर्वेका प्रतिनिधिहरूद्वारा अनुगमन गरिएको हो ।

राप्ती गाउँपालिका क्षेत्रमा संचालित परियोजनाको जलवायु अनुकूलित गाउँ कार्यक्रम अन्तर्गत समुदायलाई सौर्य पम्पमा आधारित सिंचाई तथा खाने पानी, विभिन्न ऊर्जा, श्रम तथा खाद्यतत्व मैत्री कृषि प्रविधि प्रविधि, ऊर्जा तथा श्रममैत्री सिंचाई, प्लास्टिक घर खेती प्रविधि, बायो ग्यास चुलो, सुधारिएको धुवाँरहित चुलो, साना कृषियन्त्र, लगायतको सहयोग पुर्याउदै आइरहेकोमा सो कार्यक्रमको स्थलगत अनुगमन गरिएको हो ।

अनुगमनमा विकास कोष नर्वेकी नेपाल प्रतिनिधि गिरा तथा योगी कायस्थ, सहकर्मी समाजका निर्देशक अमरबहादुर ऐर, नाम्सालिङकी जेसी अधिकृत स्मृति देवकोटा, नामसालिङ दाङका कार्यक्रम संयोजक शशाङ्क आचार्य, फिल्ड सुपरभाइजर धर्म यादव तथा नामसालिङकी फिल्ड प्राविधिक धनकुमारी चौधरीको सहभागिता थियो ।

राप्ती गाउँपालिकामा सन् २०१७ देखि सुरु भएको चार बर्षे परियोजना सन् २०२० मा सम्पन्न गरी दोस्रो चरणको कार्यक्रम अन्तर्गत यसै गाउँपालिकामा कार्यक्षेत्र विस्तार गर्दै ५ वर्षे परियोजना सुरु गरिएको छ । जसमा विशेष गरी कृषि, पशुपालन, अन्य आयआर्जनका कृयाकलाप, खानेपानी, सिचाई आदि जस्ता क्षेत्रमा गाँउपालिकासंग समन्वय गरी कार्यक्रम सञ्चालन भइरहेको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्रको प्रमुख लक्ष्य एकीकृत समुदायिक विकासको माध्यमबाट ग्रामीण जनताको जिवनस्तर उकास्नु रहेको नामसालिङका कार्यक्रम संयोजक आचार्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे