माओवादी केन्द्रले गर्यो अध्यक्षसहित सात जनालाई कारवाही



माओवादी केन्द्रले गर्यो अध्यक्षसहित सात जनालाई कारवाही

दाङ– नेकपा माओवादी केन्द्र राजपुरले स्थानीय निर्वाचनमा पार्टी विरुद्ध लागेको भन्दै स्थानीय नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ ।

खड्काका अनुसार कारवाहीमा पर्नेहरूमा पार्टी सदस्य अमरराज गिरी, बिष्णु बुढा, गोमा अधिकारी, मोहनलाल विक, २ नं. वडा पार्टी अध्यक्ष तुल्सीराम बुढा, ५ नं. वडा पार्टी अध्यक्ष अमर बोहोरा र ७ नं. वडा उपाध्यक्ष साबित्रा केसी रहेका छन ।

त्यस्तै कारवाही भइ रिक्त रहेकोे पदमा मिना भण्डारी, राजबहादुर यादव, उमा गिरी, पुष्पा चाैधरी, दलबहादुर घर्तीलाई गाउँ कमिटीमा मनोनित गरिएको छ ।

स्थानीय निर्वाचनमा पार्टीको निति बिपरित पार्टीका उम्मेद्बारहरुलाई हराउने क्रियाकलापमा सक्रिय भइ लागेकोले कारवाही गरिएको नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य एवम् राजपुर गाउँपालिका इञ्चार्ज चक्रबहादुर खड्का शिखरले जानकारी दिए ।

माओवादीकेन्द्र राजपुरको बैठक सम्पन्न 

राजपुर गाउँपालिका (माओवादी केन्द्र) काे बैठक सम्पन्न भएको छ । मंगलबार राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदीमा बसेकाे बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले राजपुर गाउँपालिका वडा नम्बर ४ र ५ मा असाेज ६ गते, २ र ३ मा असाेज ७ गते, १ मा ८ गते, ७ मा ९ गते र ६ नम्बर वडामा ११ गते वडा कमिटीकाे बैठक बस्ने निर्णय गरेको छ ।

यस्तै बैठकले ज.ब.स/मोर्चाका वडा र पालिका स्तरमा बैठक र भेला गर्ने, मत सर्बेक्षण गर्ने तथा संघिय र प्रदेश सभाको निर्वाचनको भीषण तयारी गर्ने निर्णय गरेको छ ।

नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिका पार्टी अध्यक्ष श्यामबहादुर राेका, एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दामा शर्माको प्रमुख अतिथि तथा प्रदेश कमिटी सदस्य एवम् राजपुर गाउँपालिका इञ्चार्ज चक्रबहादुर खड्काकाे विशिष्ट अतिथिमा राजपुरकाे गंगदीमा बैठक सम्पन्न भएको हाे ।

कार्यक्रमकाे सहजिकरण पार्टीका सचिव विष्णुप्रसाद यादवले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे