पव्लिक स्कुलले ¥याली र सभाको आयोजना गरी संविधान दिवस मनायो



पव्लिक स्कुलले ¥याली र सभाको आयोजना गरी संविधान दिवस मनायो

भालुवाङ ३ असोज । दाङको राप्ती गाउँपालिका २ बराखुट्टीमा रहेको पव्लिक एजुकेशन स्कुलले सोमवार ¥याली तथा सभाको आयोजना गरी आठौं संविधान दिवस मनाएको छ ।

राष्ट्रिय, जातीय तथा संस्कृति झल्किने पोशाकमा सजिएका तथा ड्रसमा लाइनवद्ध रुपमा रहेका विद्यार्थीहरुले संविधानिक अधिकार प्रयोग गरौं, शिक्षा,स्वास्थ्य, रोगजार हामी सवैको अधिकार, नागरिक कर्तव्य पुरा गरौं, राष्ट्रिय एकता कायम गरौं, वीर शहिद अमर रहुन्, हिमाल, पहाड, तराई कोही छैन पराई जस्ता नारा लगाउँदै स्कुलबाट निस्केको ¥यालीले लालमटिया बजार परिक्रम गरेको थियो ।

¥याली पछि विद्यालयमा सभाको आयोजना समेत गरेको थियो । विद्यालयका प्रधानाध्यापक विक्रान्त ज्ञवालीको अध्यक्षता एवम् विद्यालय सञ्चालक समितिका सदस्य शोभाखर भुसालको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्र्दै विद्यालयका प्रधानाध्यापक ज्ञवालीले संविधानको ऐतिहासिक पृष्ठभुमि र सैविधानका मुख्य व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले बोलेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक चम्पकराज कार्की, शिक्षक लोकबहादुर थापा, पदम गिरी, शिक्षिका जानकी आचार्य लगायतको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षिका मुना गिरीले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे