युवाहरू उद्यमशील भए मात्र समुन्नत समाज निर्माण गर्न सकिन्छ : अध्यक्ष विष्ट



युवाहरू उद्यमशील भए मात्र समुन्नत समाज निर्माण गर्न सकिन्छ : अध्यक्ष विष्ट

भालुवाङ २ असाेज । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले युवाहरू उद्यमशील भए मात्र समुन्नत समाजकाे निर्माण गर्न सकिने बताएका छन् ।

स्वच्छ व्यबसायी समूह नेपालकाे आयाेजना तथा राप्ती गाउँपालिकाकाे सहकार्यमा सञ्चालित तीन दिने उद्यमशीलता बुट क्याम्प (तालिम) काे समापन गर्दै अध्यक्ष विष्टले साे कुरा बताएका हुन्। प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले  युवाहरूले विशेष गरि कृषिमा व्यवसायिकरण तथा आधुनिकरण गरि कृषि कर्म गर्न आग्रह गर्नुका साथै गाउँपालिका सहयाेग गर्न तयार रहेकाे बताएका छन् ।

उनले व्यबसाय गर्न ज्ञान, सिप र कला सबै कुराकाे संयाेजन हुन जरूरी हुने बताउँदै सफल व्यवसायी हुन युवाहरूले आफुभित्र त्यसकाे बिकास गर्नुपर्ने बताएका छन् । त्यस्तै उपाध्यक्ष कमलापती चाैधरीले अब राप्ती गाउँपालिकाका युवाले ज्याला मजदुरी मात्र गर्ने नभई आफै उद्यमशिल हुन आग्रह गरेकी छिन्।

तालिममा व्यवसायी कसरी सञ्चालन गर्ने भन्ने विषयमा सिकाइएकाे थियाे । राप्ती गाउँपालिका भित्रका ३३ जना युवा / युवतीहरुकाे सहभागीता रहेकाे तालिमकाे सहजीकरण स्वच्छ ब्यबसायी समूह नेपालका सलिना श्रेष्ठ र बासुदेब घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे