दाङमा डेंगी रोग संक्रमितको संख्या नौं सय नाघ्यो



दाङमा डेंगी रोग संक्रमितको संख्या नौं सय नाघ्यो

असोज २ तुलसीपुर/ दाङमा डेंगी रोग संक्रमितको संख्या नौं सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा डेंगी रोग संक्रमितको संख्या ९९४ पुगेको हो ।

जसअनुसार घोराही उपमहानगरपालिकामा ७९१ जना, तुलसीपुरमा १७३ जना, लमहीमा २३ जना, गढवामा ४ जना र राप्ती गाउँपालिकामा ३ जना गरी ९९४ जनामा डेंगी रोगको संक्रमण पुष्टि भएको डेंगी रोग फोकल पर्सन देवराज डाँगीले जानकारी दिए ।

उनका अनुसार जिल्लाका दश स्थानीय मध्य पाँच स्थानीय तहमा भने डेंगी रोग संक्रमित फेला परेको तथ्यांक आफूहरु कँहा नआएको बताए । त्यस्तै जिल्लामा डेंगी रोग संक्रमणबाट घोराहीका एक जना महिलाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे