राप्ती प्रादेशिक अस्पतालका डाक्टर अर्याललाई डेंगी संक्रमण



राप्ती प्रादेशिक अस्पतालका डाक्टर अर्याललाई डेंगी संक्रमण

तुलसीपुर १ असोज । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सुपरिटेण्डेन्ट डा‌.  ओम अर्याललाई डेंगी संक्रमण भएको छ । डा. अर्याललाई पाँच दिन अघि डेंगी संक्रमण पुष्टि भएको थियो ।

सुरुमा निकै थलिएपनि अहिले क्रमीक सुधार भएको उनले बताए । ‘ म धेरै खप्न सक्ने मान्छे हुँ त । तर यसले   निकै गाह्रो बनायाे ।  जोर्नी र मासु अलग अलग भए जस्तो हुन्छ । ज्वरो पनि आउँ छ । सुरुमा धेरै पिडा भयो । अहिले सुधार हुँदै गइरहेको छ । रुममा रेष्ट गरिरहेको छु ।’ अस्पतालका प्रमुख डा. अर्यालले भने ।

पिडाको हिसावले कोभिड भन्दा कम नभएको बताउँदै डां अर्यालले डेंगीलाई कम नआँक्न सुझाव दिएका छन् । यसैविच डाक्टर अर्यालले डैंगीकाे लक्षण देखिएमा  तत्काल  नजिककाे स्वास्वास्थ्य  संस्ठामा गएर चेकजाँच गराउन आग्रह समेत गरेका छन् । अर्याल अर्थाे विशषज्ञ छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे