छाडा कुकुरले लमही–भालुवाङ सडक खण्डमा दुर्घटना बढायाे, लालमटियामा माेटरसाइकल दुर्घटना



छाडा कुकुरले लमही–भालुवाङ सडक खण्डमा दुर्घटना बढायाे, लालमटियामा माेटरसाइकल दुर्घटना

भालुवाङ १ असाेज । दाङकाे लमही–भालुवाङ सडक खण्डमा छाडा कुकुरका कारण दुर्घटना बढेकाे छ । पछिल्लो समय राप्ती गाउँपालिका क्षेत्रकाे सिसहनियाँ देखि भालुवाङ सम्म सडकै भरि  छाडा कुकुरको बिगबिगी बढ्दा  दुर्घटना बढेकाे स्थानीय पुर्षोतम आचार्यले जानकारी दिएका छन् ।

यसै क्रममा शनिवार दिउँसाे ३:२० बजेकाे समयमा राप्ती गाउँपालिका वडा नम्बर २ शान्तिनगरमा माेटरसाइकल दुर्घटनामा परेकाे छ । कुकुरलाइ बचाउन खाेज्दा माेटरसाइकल कुकुर सँग ठाेकिन पुग्दा माेटरसाइकल दुर्घटनामा परेकाे हाे ।  बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नम्बर १२ बाट काठमाडौ हेडेको बा ८४ प ५३४३ नम्बरको माेटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ ।

घाइते हुनेमा गुलरिया नगरपालिका १२ का वर्ष ३३ का मुस्कर हुसेन, वर्ष ३१ कि लक्ष्मी श्रेष्ठ र उनको ७ वर्षका छोरा रहेका छन् । घाइते ३ जना एउटै माेटरसाइकलमा सवार रहेका थिए । घाइतेको राप्ती पोलिकिल्निक भालुबाङमा उपचार भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे