राष्ट्रपतिद्धारा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य



राष्ट्रपतिद्धारा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौं १ असोज । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।

संसद् अधिवेशन अन्त्य भए सँगै राष्ट्रियसभाको भोलीका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाले निकालेको  सूचनामा उल्लेख छ । यस्तै प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारी सहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाए । आजको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरे भने सभामुख सापकोटाले प्रतिनिधिसभाको कामको विववरण प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे