नेपालमा काेराेना संक्रमणदर घट्दै : आज ६३ जनामा कोरोना संक्रमण पुष्टि



नेपालमा काेराेना संक्रमणदर घट्दै : आज ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डाै १ असाेज । पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी  ३ हजार ७ सय ४० जनाको नमूना परीक्षण गर्दा  ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै याे समयमा थप एक सय ३१ जना निको भएका छन् । २४ घण्टामा कोरोना सक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।  नेपालमा कोरोना सङ्क्रमितको सख्या १ हजार ९ सय ६६ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना विरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे