बाढी/पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारका काम गर्न गृहमन्त्री खाणको निर्देशन



बाढी/पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारका काम गर्न गृहमन्त्री खाणको निर्देशन

काठमाण्डाै १ असाेज । गृहमन्त्री बालकृष्ण खाणले बाढी/पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारका काम गर्न निर्देशन दिएका छन् । लगातारको वर्षापछि अछामसहित देशका विभिन्न जिल्लामा आएको बाढी/पहिरोमा परि बेपत्ता, घाइते भएकाहरु तथा प्रभावितको उद्धारमा खटिन निर्देशन दिएका हुन् ।

उनले आवश्यक ठाउँमा तत्काल हेलिकप्टर पठाउन पनि गृह प्रशासनलाई निर्देशन दिएका छन् । सरकारको प्रमुख दायित्व नागरिकको जिउ र धनको रक्षा गर्नुभएको भन्दै उनले बाढी र पहिरोमा प्रभावितलाई सुरक्षित ठाउँमा सार्न र औषधि उपचार तथा खाद्यान्नको आवश्यक व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न र जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखेर पठाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे