राप्ती प्रेस मञ्चले असोज ११ गते दशैंमिलन कार्यक्रम गर्ने



राप्ती प्रेस मञ्चले असोज ११ गते दशैंमिलन कार्यक्रम गर्ने

भालुवाङ १ असोज । राप्ती प्रेस मञ्चले आगामी असोज ११ गते विजयादशमीको अवसरमा दशैं मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शुक्रबार राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा बसेको बैठकले सो निर्णय गरेको हो । सो कार्यक्रमलाई व्यवस्थित बनाउन मञ्चका प्रमुख संरक्षक महेश रिजाललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यसै गरि बैठकले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको प्रगतिनगर शहरी खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाको टंयाकीमा पानी चुहिने समस्याका विषयमा सेवा प्रदायक तथा सेवाग्राही बीच अन्तरक्रिया गर्ने भएको छ । जसका लागि मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्तालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैठकले राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबहादुर वलीलाई असोज ५ गते राप्ती गाउँपालिकामा स्वागत गर्ने कार्यक्रम समेत निर्णय पनि गरेको छ । जसका लागि ३ सदस्यीय तयारी समिति गठन गरिएको छ। जसको संयोजकमा किरण जिसी र सदस्यहरूमा हुमा सुनार, इराधा झार्की मगर रहेका छन् । भने यस मञ्चका सदस्य विरेन्द्र गिरी जिल्ला बाहिर गएकोले गिरीलाई बिदाई गर्ने निर्णय पनि गरिएको मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

बैठकमा मञ्चका प्रमुख संरक्षक महेश रिजाल, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, प्रथम उपाध्यक्ष बासुदेव न्याैपाने, सचिव बलराम शाही (भिसुन), कोषाध्यक्ष हुमा सुनार र सदस्यहरू लोकमणी भुसाल, किरण जिसी, इराधा झार्की मगरको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे