रुसले कब्जा गरेको कुपियान्स्क क्षेत्र युक्रेनी सेनाले फिर्ता लिए



रुसले कब्जा गरेको कुपियान्स्क क्षेत्र युक्रेनी सेनाले फिर्ता लिए

एजेन्सी । युक्रेनी सेना प्रमुख पूर्वी सहर कुपियान्स्कमा प्रवेश गरेका छन् । युक्रेनको रक्षा मन्त्रालयको दाबीअनुसार युक्रेनी सेनाले भिषण आक्रमण गरेपछि रुसी सेना कुपियान्स्कबाट भागेका छन् । कुपियान्स्क पूर्वी युक्रेनमा रुसी सेनाका लागि अत्यावश्यक आपूर्ति केन्द्र हो । यो सहरलाई रुसले फेब्रुअरीमा आक्रमण भएको एक हप्तापछि नै कब्जामा लिएको थियो ।

युक्रेनी विशेष बलहरूले कुपियान्स्क फिर्ता गर्नुलाई निकै महत्त्वपूर्ण सफलता भनेका छन् । बीबीसीले लेखेको छ, यदि युक्रेनी सेनाले यो सहर फिर्ता गरेको हो भने रुसले कब्जा गरेका हरेक ठाउँ पुनः फर्काउन युक्रेन सक्षम र सफल हुँदैछ ।  युक्रेनले रुसले कब्जा गरेको तीन हजार वर्ग किलोमिटर भूमि फिर्ता भइसकेको दाबी गरेको छ । रुसले कब्जा गरेका अन्य थुप्रै सहरलाई अहिले युक्रेनी सेनाले घेरेका छन् । युक्रेनी सेना पूर्वी क्षेत्रमा मात्रै नभइ दक्षिणी क्षेत्रमा पनि अघि बढेका छन् ।

युद्धमा युक्रेन आक्रामक बन्दै गएपछि रुसले आफूले कब्जा गरेको सहरको रक्षा गर्न सबैभन्दा अनुभवी सेनाको बटालियन तैनाथ गर्न सुरु गरेको छ । दक्षिणी मोर्चामा लडिरहेका रुसी सेनाहरूसमेत अहिले रक्षात्मक स्थितिमा बसेका युक्रेनले जिकिर गरेको छ ।

 

अन्तिम अपडेट: भदौ २७, २०७९

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे