लेनदेन मुद्दामा चार वर्ष देखि फरार महिला पक्राउ



लेनदेन मुद्दामा चार वर्ष देखि फरार महिला पक्राउ

दाङ २६ भदाै । दाङ प्रहरीले लेनदेन मुद्दामा चार वर्षदेखि फरार रहेकी एक जना महिलालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका १२ रमना निवासी ३७ वर्षिय चुमकुमारी बुढालाई गत शुक्रबार (२४ भदौ) घोराही १३ कलमघारीमा लुकिछिपी बसीरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।

जिल्ला अदालत दाङले २०७५ साल चैत १३ गते लेनदेन मुद्दामा दुई वर्ष कैद सजाय तोकेको थियो । डिएसपी गौतमका अनुसार पक्राउ परेकी बुढालाई आइतबार जिल्ला अदालत दाङमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे