लमही चेम्बर अफ कमर्सको पद हस्तान्तरण



लमही चेम्बर अफ कमर्सको पद हस्तान्तरण

लमही २६ भदौ। लमही चेम्बर अफ कमर्सको पद हस्तान्तरण गरिएको छ । शनिवार चेम्बर अफ कमर्सको हलमा चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा निबर्तमान अध्यक्ष अजय न्यौपानेले वर्तमान अध्यक्ष शितल भुसाललाई पदभार हस्तारण गरेका हुन् । पद हस्तान्तरण गर्दै न्यौपानेले आफ्नो कार्यकालमा गरेका महत्त्वपूर्ण कामका बारेमा जानकारी गराउँदै कोराना सचेतना अभियान, नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान लगायतका कामहरु सम्पन्न गरेको उद्घोष गरे ।

न्यौपानेले पद हस्तान्तरण गर्दै नयाँ अध्यक्ष भुसाललाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिए । कार्यक्रममा लमही चेम्बरका सदस्य ऋषि खनालले नयाँ समितिका पदाधिकारीहरूको कार्य सफलताको शुभकामना दिँदै सामाजिक कार्यमा हातेमालो गरी काम गर्न अनुरोध गरे ।

पदभार ग्रहण गर्दै अध्यक्ष सितल भुसालले आगामी कार्ययोजनाको बारेमा जानकारी गराउँदै चेम्बरले एम्बुलेन्स खरिद गर्ने , डेङो रोग बाट आम नागरिक लाग्न नदिन सचेतना मुलक कार्यक्रम लगायतका कामहरु गर्ने योजना अघि सारे । कार्यक्रममा लमही चेम्बर अफ कमर्सका महासचिव केसब अधिकारी , सबि अधिकारी , कमला चुदाली , प्रमोद गौतम, प्रमोद बस्नेत, निर्मला ज्ञवाली , चुणामणी आचार्य लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे