तेजस्वी सहकारीकाे तेस्रो बार्षिक साधारण सभा सम्पन्न, तीन दर्जन बढी सम्मानित



तेजस्वी सहकारीकाे तेस्रो बार्षिक साधारण सभा सम्पन्न, तीन दर्जन बढी सम्मानित

लमही २५ भदौ । तीन दर्जन बढीलाई सम्मान तथा पुरुषकृत गर्दै तेजस्वी मातृभूमि बचत तथा ऋण सहकारी संस्थाले आफ्नाे तेस्रो बार्षिक साधारण सभा शनिबार लमहीमा सम्पन्न गरेको छ।

संस्थाले उत्कृष्ट ऋणी १० जना ,उत्कृष्ट बचतकर्ता १० जना, सफल उधमी १ जना, उत्कृष्ट कर्मचारी १ जना र बढी शेयर खरिद गर्ने ९ जना गरि कुल ३१ जनालाई सम्मान तथा पुरस्कृत गरिएको हाे । संस्थाले गढवा, सिसहनियाँ र शनिबार लमहीमा सभा गरेर कार्यक्रम समापन गरेको हाे । संस्थाका अध्यक्ष जाेगमान खड्काकाे अध्यक्ष्यता तथा लमही नगरपालिकाका मेयर जाेगराज चाैधरीकाे प्रमुख आतिथ्यता र राष्ट्रिय सहकारी बैंक घाेराही दाङका प्रमुख डिल्लीराज दाहालकाे विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हाे ।

कार्यक्रम बाेल्दै प्रमुख अतिथि चाैधरीले सहकारीमा देखिएका समस्या निराकरण गर्न तर्फ आफू लागि पर्ने बताएका छन् । सहकारी भित्र देखिका तमाम समस्याहरु हल गर्नका लागि दुई पक्षिय छलफल खाँचो रहेकाे बताउँदै छलफलकाे माध्यमबाट सबै समस्याहरु हल गरिने बताए ।

सभामा २०७८/०७९ काे बार्षिक प्रतिबेदन सचिब ऋषिराम रावत क्षेत्री र आर्थिक प्रतिबेदन काेषाध्यक्ष सिजन भट्टराई र लेखा प्रतिबेदन लेखा परीक्षक संयाेजक नरबहादर डाँगीले प्रस्तुत गरेका थिए । २०६५ साल पुस महिनाकाे ६ गते दर्ता भएको सहकारी २०७६ कार्तिक ३ गते एकीकरण भएको हाे । कुल शेयर सदस्य संख्या २ हजार ३ सय ३८ जना रहेकाे सहकारीको कार्य क्षेत्र लमही नगरपालिका सहित अन्य तीन वटा गाउँपालिकामा रहेकाे छ ।

सभामा संस्थाका सस्थापक अध्यक्ष भाेजराज भुसाल, प्रदिप रेग्मी, लमही नगरपालिकाकी निबर्तमान उपमेयर तथा संस्थाकी उपाध्यक्ष देबका बेल्बासे, पत्रकार राधेश्याम गुप्ता, श्रवण बस्नेत, सहकारी संजालका अध्यक्ष तथा सुनाखरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेशम बिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका ब्यबस्थापक फर्णाधर ढकालकाे स्वागत तथा बिषय प्रबेशबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन संस्थाका सचिब ऋषिराज रावत क्षेत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे