दाङमा सरकारी वकिल कार्यालयको शौचालयको झ्याँल फोडेर भागेका बन्दी २९ घण्टापछि पक्राउ



दाङमा सरकारी वकिल कार्यालयको शौचालयको झ्याँल फोडेर भागेका बन्दी २९ घण्टापछि पक्राउ

घोराही २५ भदौ । दाङमा बिहिवार सरकारी वकिल कार्यालयको शौचालयको झ्याँल फोडेर भागेको एक बन्दी २९ घण्टापछि पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा सुच चोरीको आरोपमा बुधवार पक्राउ परेका थिए ।

विहीबार सरकारी वकिल कार्यलयमा म्याद थपका लागि गलिएकोमा शौचालय जान्छु भन्दै शौच गर्न गएका विश्वकर्मा शौचालयको झ्याँल फोडेर दुई तला माथिबाट हाम फालेर मागेका थिए । त्यसपछि उनको खोजिका लागि ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । उनलाई प्रहरीले २९ घण्टापछि शुक्रवार राती दाङको सिमावती क्षेत्रबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी विरबहादुर वलीका अनुसार सिमाना पार गरी भारत तर्फ जानेक्रममा दाङको दक्षीण गढवा क्षेत्रबाट विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । ‘कोइलावास सिमाबाट भाग्ने योजना रहेछ’ उहाँले भन्नुभयो ‘तर २९ घण्टा नबित्दै पक्राउ गर्न सफल भएका छौं ।’ पक्राउ परेका कैदी विश्वकर्मालाई राती १० बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङ ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे