लमहीमा राष्ट्रिय स्वतन्त्र पार्टीको कमिटि गठन, सभापतिमा भण्डारी चयन



लमहीमा राष्ट्रिय स्वतन्त्र पार्टीको कमिटि गठन, सभापतिमा भण्डारी चयन

लमही २५ भदाै । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन निर्माणको कार्यलाई गति दिएको छ । पत्रकारिता क्षेत्रबाट राजनीतिमा जम्प गरेका लामिछानेको स्वच्छ छविका कारण देशैभरबाट युवाहरु स्वतन्त्र पार्टीमा आउने क्रम चकिरहेको छ ।

यसैविच दाङमा पनि स्वतन्त्र पार्टीले संगठन निर्माणकार्यलाई गति दिएको छ । अहिलेसम्म सरसर्ती हेर्दा पढेलेखेका युवाहरु, बौद्धिक व्यक्ती, इमानदारहरुको यो पार्टी प्रती झुकाव भएको देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शिवलाल भण्डारीलाई लमही नगरपालिकाको सभापति बनाउदै नगर स्तरीय कमिटी गठन गरेको छ । जस्को सचिबमा अभिषेक पोख्रेल रहेका छन भने झविन्द्र बेल्बासे, कालिराम चौधरी, विमलराज सिंह ठकुरी, देवीप्रसाद बेल्बासे, महेन्द्र खनाल, खिमानन्द बन्जाडे र मिनराज भण्डारी सदस्य रहेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला उपसभापति शिला डाँगीको अध्यक्षता र लुम्बिनी प्रदेश सदस्य देवराज पाठकको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे