समावेशी रेडियो राप्ती स्रोता क्लबले यही असोज ३ गते प्रथम साधारणसभा तथा अधिवेशन गर्ने



समावेशी रेडियो राप्ती स्रोता क्लबले यही असोज ३ गते प्रथम साधारणसभा तथा अधिवेशन गर्ने

लालमटिया २५ भदाै । भालुवाङ सञ्चार सेवा प्रालिद्धारा सञ्चालित रेडियो राप्ती ९८.४ मेगाहर्ज संग आवद्ध समावेशी रेडियो राप्ती स्रोता क्लब राप्ती गाउँपालिकाले यही असोज ३ गते प्रथम साधारणसभा तथा अधिवेशन गर्ने भएको छ । क्लबका अध्यक्ष लालमणि भुसालको अध्यक्षता एवम् रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर तथा समाचार प्रमुख सन्तोषकुमार गुप्ताको प्रमुख आतिथ्यमा भएको बैठकले यही असोज ३ गते संविधान दिवसका दिन राप्ती गाउँपालिका—२ स्थित करम्दी सामुदायिक वनको सभाहलमा क्लवको प्रथम साधारणसभा तथा अधिवेशन गर्ने निणर्य गरेको हो ।

स्रोता क्लबमा राप्ती गाउँपालिकाको ९ वटै वडाबाट प्रतिनिधित्व हुने गरी नयाँ कार्य समिती समेत चयन गरिने बताएको छ । जसका लागि स्रोता क्लबमा आबद्ध हुन चाहनेहरुका लागि सदस्यता खुल्ला समेत गर्ने निणर्य गरेको छ । बैठकले साधारणसभापछि स्रोता क्लबले उत्पादन गर्दै आएको स्रोता संग हाम्रा कुरा रेडियो कार्यक्रमलाई निरन्तरता दिने, वडा तथा पालिका संग समन्वय गरेर पत्रकारिता तालिम सञ्चालन गर्ने र राप्तीको ९ वटै वडामा वडा स्तरिय स्रोता क्लब बिस्तार गर्ने लगायतको निणर्य गरेको क्लबका सचिव नबिन गिरीले जानकारी दिए ।

बैठकमा स्रोता क्लबका सहजकर्ता एवम् रेडियो राप्ती तथा राप्ती टेलिभिजनका कार्यक्रम, विज्ञापन उत्पादन शाखा प्रमुख कृष्णकुमार यादव, सहायक सहजकर्ता प्रमुख समाचार बाचिका हुमा सुनार, स्रोता क्लबका सदस्यहरु देबका न्यौपाने, देब रोका र मोतीराम भट्टराई, टिकाराम रावत लगायतको उपस्थिती रहेको थियो । क्लबकी कोषाध्यक्ष सिमा केसीको स्वागत मन्तव्यबाट शुरु भएको बैठकको सहर्जीकरण क्लबका सचिव नबिन गिरी र सह—सचिव बिनोद बेल्बासेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे