दार्चुलामा पहिरोमा पुरिएका ५ जनाको शव भेटियो, ७ जना बेपत्ता



दार्चुलामा पहिरोमा पुरिएका ५ जनाको शव भेटियो, ७ जना बेपत्ता

धनगढी २५ भदौ । दार्चुलामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको छ भने ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महाकाली नगरपालिका–१ का धनसिंह कार्की, उनका छोरा दीपक कार्की र दिनेश कार्कीसहित ३ जना भने बेपत्ता छन् । उनीहरुको घर पहिरोले पुरिएको छ । महाकाली नगरपालिका–२ मैखोली बस्ने ६३ वर्षीया मानमती शाहु बेपत्ता छिन भने उनका श्रीमान् ६४ वर्षीय हर्कसिंह शाहुलाई घाइते अवस्थामा उद्दार गरिएको छ । पहिरोमा परेर बेपत्ता भएको अन्य तीन जनाको परिचय खुलेको छैन । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुलामा ठूलो क्षति गरेको छ । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे