देउखुरीकाे लठ्ठहवामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते



देउखुरीकाे लठ्ठहवामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते

सिसहनियाँ २५ भदाै । दाङको देउखुरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा आज बिहान ३ बजेको समयमा पश्चिम देखि पुर्व तर्फ जाँदै गरेको रा ३ प ९६२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा मोटरसाइकल पछाडि सवार सोही ठाउँका अन्दाजी १७/१८ वर्षका मिसन चाैधरी घाइते भएका छन् ।

घाइतेको अहिले बुटवलमा उपचार भइरहेको छ । घाइतेलाई मध्यम चोट लागेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् । मोटरसाइकल र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे