वकिल कार्यालयबाट फरार भएका विश्वकर्मा २४ घण्टापछि पक्राउ



वकिल कार्यालयबाट फरार भएका विश्वकर्मा २४ घण्टापछि पक्राउ

 भदौ २५ दाङ  –दाङमा बिहीबार वकिल कार्यालयबाट फरार भएका सुन चोरी आरोपी २४ घण्टापछि प्रकाउ परेका छन् । म्याद थपका क्रममा बिहीबार बेलुकी जिल्ला सरकारी वकिल कार्यालयबाट भागेका २२ वर्षीय लक्ष्मण विश्वकर्मालाई प्रहरीले गयराति १० बजे दाङको सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

विश्वकर्मा बुधबारमात्रै सुनचोरी आरोपमा पक्राउ परेका थिए । बिहीबार म्याद थपका लागि वकिल कार्यालय लगिएको बेला शौच गर्ने बाहनामा शौचालयको झ्यालको सिसा फुटाएर दुई तलाबाट हाम फालेर भागेका थिए ।

फरार भएलगतै डिएसपी राजनकुमार गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले २४ घण्टापछि दाङको सिमावर्ती क्षेत्रबाट विश्वकर्मालाई पक्राउ गरेको एसपी वीरबहादुर वलीले बताउनुभयो ।

उहाँका अनुसार सिमाना पार गरि भारततर्फ जानेक्रममा दाङको दक्षिण गढवा क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका कैदी विश्वकर्मालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङ ल्याइएको छ ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे