साथीबाटै बराखुट्टीका गुरुङ ठगिय, १४ लाख रकम फिर्ता नपाएपछि अदालतमा ठगी मुद्दा दर्ता



साथीबाटै बराखुट्टीका गुरुङ ठगिय, १४ लाख रकम फिर्ता नपाएपछि अदालतमा ठगी मुद्दा दर्ता

भालुवाङ २४ भदौ । दाङमा साथी भनेर १४ लाख रुपैयाँ सापटी दिएको रकम फिर्ता नभएपछि एक जनाले अदालतमा ठगी मुद्दा दर्ता गरेका छन् ।

राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी सुर्ज बहादुर गुरुङले कपिलवस्तुको शिवराज नगरपालिका–८ बिसनपुर चन्द्रौटा निवासी अहमद अब्दुल रौफलाई १४ लाख २५ हजार दिएका थिए । तर उक्त रकम फिर्ता नगरेपछि गुरुङले रौफका विरुद्दमा जिल्ला अदालत दाङमा ठगी मुद्दा दर्ता गरेका छन् । मैले बैशाखमा उसलाई १४ लाख २५ हजार साथी भनेर सापटी दिएको थिए । तर उक्त रकम फिर्ता नगरपछि म मारमा परेको छु, गुरुङले भने, अन्तिममा आएर अदालतमा मुद्दा दर्ता गरेको छु ।

चिन्जानका आधारमा गुरुङले रौफलाई थोरै थोरै गर्दै १४ लाख २५ हजार रुपैयाँ दिएको र असार ५ गतेको चेक लिएको बताए । तर चेकको म्याद सकिदा पनि अब्दुल रौफले पटक–पटक म्याद सार्दै पैसा नदिएको गुरुङले बताए ।अहिले भदौ महिना सकिन लाग्दा पनि पैसा दिनुको साटो रौफ सम्पर्कबिहिन भएको उनले जानकारी दिए ।

साथै गुरुङले अहिले चेक बाउन्समा राखेको बताए। फोन गरेर आफुले दिएको पैसा बारम्बार माग्दा रौफले राजनीति दलको डर त्रास देखाउदै धम्क्याउदै पैसा नदिने मान्साय बनाएको पीडित गुरुङ बताए । साथै चन्द्राैटामा रहेको कृषि बिकास बैँकमा रौफको खाता ब्ल्याक लिस्टमा राख्ने प्रकिया अगाडि बढाएको पनि गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे