राप्तीले ९० वर्ष माथिका र विकट क्षेत्रका लाभग्राहीलाई घरदैलोमा भत्ता वितरण गर्ने



राप्तीले ९० वर्ष माथिका र विकट क्षेत्रका लाभग्राहीलाई घरदैलोमा भत्ता वितरण गर्ने

भालुवाङ २४ भदौ । दाङको राप्ती गाउँपालिकाले ९० वर्ष माथिका र विकट क्षेत्रका लाभग्राहीलाई घरदैलोमा सामजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । सामाजिक सुरक्षा तथा पञ्जीकरण ईकाइको आयोजनामा जनप्रतिनिधी तथा बैंकका प्रमुखहरु सँगको छलफलले सो निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाको ९ वटै वडमा ९० बर्ष भन्दा माथिका जेष्ठ नागरिक, रातो कार्ड प्राप्त गरेका पूर्ण अपाङ्गता, अति असक्त तथा विकट क्षेत्रका लाभग्राहीलाई घरदैलोमा सामजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको हो ।

सेवाग्राहीलाई घरदैलोमा सामजिक सुरक्षा भत्ता बितरण गर्नको लागि वडाका जनप्रतिनिधी, पुलिस प्रशासन र बैकको प्रतिनिधीको रोबरमा बितरण गर्ने निर्णय समेत भएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख नारायण आर.सीले जानकारी दिएका छन् ।  सामाजिक सुरक्षा भत्ता बैँक खाता मार्फत उपलब्ध गराउने सरकारको नीति बमोजिम राप्ती गाउँपालिकाको कार्यालय र बैंक बिच, सामाजिक सुरक्षा भत्ता बैँकिङ प्रणाली मार्फत वितरण गर्ने प्रयोजनाको लागि सम्झौता समेत गर्ने निर्णय गरेको छ ।

अव अन्य सेवाग्राहीका हकमा अव वडा नं. १ का लाभग्राहीहरुले सांग्रिला डेभलपमेन्ट बैंक, भालुवाङ शाखा, वडा नं. २ का लाभग्राहीहरुले साइन रेसुङगा डेभलपमेन्ट बैंक, लालमटिया शाखा, वडा नं. ३ का लाभग्राहीहरुले कृषि विकास बैंक लि.मौरीघाट शाखाबाट, वडा नं. ४ का लाभग्राहीहरुले ज्योती विकास बैंक मौरीघाट शाखाबाट, वडा नं. ५ का लाभग्राहीहरुले नेपाल बैंक सिसहनियाँ शाखाबाट भत्ता बुझन् पाउँने छन् ।

त्यसै गरी वडा नं. ६ का लाभग्राहीहरुले कर्णाली बिकास बैंक सिसहनियाँ शाखाबाट, वडा नं. का ७ लाभग्राहीहरुले नेपाल बैंक सिसहनियाँ शाखाबाट, वडा नं. ८ का लाभग्राहीहरुले एन.आई. सि एसिया बैंक सिसहनियाँ शाखाबाट र वडा नं.९ का लाभग्राहीहरुले ज्योती विकास बैंक मौरीघाट शाखाबाट भत्ता बुझन् पाउँने छन् ।

सेवाग्राहीको सामाजिक सुरक्षा भत्ताको परिचय पत्रको आधारमा निशुल्क खाता खोल्ने निर्णय समेत भएको शाखा प्रमुख आर.सीले जानकारी दिएका छन् । बैठकमा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वली, अन्य जनप्रतिनिधीहरु, विभिन्न बैंकका शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे