गढवामा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न



गढवामा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

गढवा २३ भदाै । दाङकाे गढवा गाउँपािलकाले अन्तरविद्यालय स्तरी प्रतियोगितात्मक कार्यक्रम गरी बिहिवार आदर्श रात्री आवसीय विद्यालय गोबरडियामा ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाएकाे छ ।

गढवा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित अतिरिक्त क्रियाकलाप प्रतियोगिता कार्यक्रममा गढवा गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका १९ ओटा समुह सहभागी भएका थिए।

प्रतियाेगितामा हाजिरीजवाफ तर्फ शुभतारा इङलिस बोर्डिङ स्कुलका बर्णन पौडेल, निरज गुप्ता र कल्पना बुढाको समुह प्रथम, कोशेली इङलिस बोर्डिङ स्कुलका राहुल नेपाली, अभिषेक यादव र निरज चौधरीको समुह द्वितीय र माध्यमिक विद्यालय पचहियाका समिर बिक, दुर्गेश यादव र संजोग थारु कुमालको समुह तृतीय स्थान हाँसिल गरेका हुन्। श्रुतिलेखन तर्फ आवसीय विद्यालय बनघुस्रीका छात्रा स्मृति चौधरी प्रथम, नमुना प्रथामिक विद्यालय महदेवाका सन्ध्या चौधरी द्वितीय र प्रतिष्ठा एकेडेमीका दिपिग डालामगर तृतीय स्थान हाँसिल गरेका हुन्।

त्यसैगरी छात्र तर्फ ध्रुवतारा इङलिस बोर्डिङ स्कुलका समिर थापा प्रथम, प्रतिष्ठा एकेडेमीका दृष्य भट्टराई द्वितीय र जनता माध्यमिक विद्यालयका जेम्स लामा तृतीय स्थान हाँसिल गरेका हुन्। त्यसैगरी वकृत्वकला प्रतियोगितामा छात्रातर्फ बुद्ध ज्योती माध्यमिक विद्यालयकी स्तुती पोख्रेल प्रथम, शुभतारा इङलिस बोर्डिङ स्कुलका ममता सिंह द्वितीय र दिपेन्द्र माध्यमिक विद्यालयका पुनम सुनार तृतीय स्थान हासिल गरेका हुन् भने छात्रतर्फ शुभतारा इङलिस बोर्डिङ स्कुलका अनुज घिमिरे प्रथम, जनता माध्यमिक विद्यालय गढवाका प्राञ्जल चौधरी द्वितीय र शुभतारा इङलिस बोर्डिङ स्कुलका सुवास गिरी तृतीय स्थान हाँसिल गरेका हुन्।

गढवा गाउँपालिका सामाजिक विकास समितिका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका उपप्रमुख शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शारदा कुमारी चौधरीले हाजिरीजबाफ, श्रुतिलेखन र वकृत्वकला प्रतियोगितामा आएको नतिजाले सरकारी विद्यालय र बोर्डिङ स्कुलमा पढाईको स्तर लाई देखाएको भन्दै शिक्षा क्षेत्रमा देखिएको कमी कमजोरी लाई तत्काल सुधार्न आवश्यक रहेको बताए। विद्यालयलाई चाहिने हरेक प्रकारको सहयोग गर्न पालिकाका तयार रहेको भन्दै विद्यार्थीहरुको गुणस्तर वृद्धि र गुणस्तरीय शिक्षामा जोडदिन शिक्षकहरुलाई सुझाब दिए ।

गढवा गाउँपालिका सामाजिक विकास समितिका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका उपप्रमुख शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शारदा कुमारी चौधरीले हाजिरीजबाफ, श्रुतिलेखन र वकृत्वकला प्रतियोगितामा आएको नतिजाले सरकारी विद्यालय र बोर्डिङ स्कुलमा पढाईको स्तरलाई देखाएको भन्दै शिक्षा क्षेत्रमा देखिएको कमी कमजोरीलाई तत्काल सुधार्न आवश्यक रहेको बताइन् । विद्यालयलाई चाहिने हरेक प्रकारको सहयोग गर्न पालिकाका तयार रहेको भन्दै विद्यार्थीहरुको गुणस्तर वृद्धि र गुणस्तररीय शिक्षामा जोडदिन शिक्षकहरुलाई सुझाब दिइन्।

कार्यक्रममा आदर्श रात्री आवशिय बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर रावत, दिपेन्द्र प्राथमिक विद्यालय प्रसेनीका शिक्षक लाल बहादुर भण्डारी र बुध्द ज्योति माध्यमिक विद्यालयका शिक्षक चेतनाथ पौडेल लगायतकाले बाेलेका थिए । कार्यक्रममा गढवा गाउँपालिकाका कार्यपालिका सदस्यहरु रमा अधिकारी र चन्द्रा थापा,  वडा नम्बर – ४ का वडा सदस्य टुकमान कुंवर त्यसैगरी मुवारक अलि, राम सुरत यादव, तारा प्रसाद ढुङगाना, मन्साराम चौधरी, लालबहादुर भण्डारी, नरबहादुर डिसी, सरिता बिष्ट, माया चौधरी, ओम बहादुर मगर, देव नारायण चौधरी, ज्ञानहरी रिजाल, उदयराज वर्मा, बासुदेव बेल्बासे लगायतको उपस्थिति रहेको थियो।  शिक्षक शोभाराम यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका शिक्षाशाखा अधिकृत श्यामबहादुर बिकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे