गुणस्तरीय शिक्षामा ध्यान दिन मन्त्री थारूको आग्रह



गुणस्तरीय शिक्षामा ध्यान दिन मन्त्री थारूको आग्रह

भालुवाङ २३ भदाै । दाङको राप्ती गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि बिहीबार ५६ औँ अन्तराष्ट्रिय साक्षरता दिवस मनाउन मनाएको छ ।

साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण भन्ने मुल नाराका राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा दिवस मनाइएको हो । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै मन्त्री थारूले अहिले पनि सम्पूर्ण नेपालीहरू साक्षर नभएका कारण विभिन्न समस्या आउने गरेको बताएका छन् ।
मन्त्री थारूले २००७ सालमा २ प्रतिशत मात्र जनताहरू साक्षर भएको बताउँदै त्यसको असर अहिले सम्म देखिएको बताए ।

त्यस्तै उनले राप्ती गाउँपालिकाले अहिले निशुल्क शिक्षा लागू गरेकोले त्यसको कार्यान्वयका लागि सवैको भुमिका महत्त्वपूर्ण हुने बताएका छन् । शिक्षा निशुल्क गरेर मात्र हुँदैन त्यसको कार्यान्वयन र शिक्षाको गुणस्तरमा ध्यान दिन आग्रह समेत गरेका छन् । हरेक नागरिकलाई शिक्षित बनाउने कुरा र माध्यमिक तह सम्म निशुल्क बनाउन सके उच्च शिक्षाका लागि उसले आफै गर्न सक्ने बताए ।

साथै उनले प्रावि र आधारभुत तहको शिक्षा अझ गुणस्तरीय हुन आवश्यक रहेको बताएका । हरेक नागरिक जब सम्म शिक्षित हुँदैन तब सम्म दक्ष तथा सक्षम जनशक्ति उत्पादन गर्न नसक्ने बताए । त्यसका लागि लुम्बिनी प्रदेश सरकार लागिरहेको बताए । त्यस्तै उनले विकासको सम्वृद्विको पहिलो आधार शिक्षा र स्वास्थ्य रहेको बताएका थिए ।कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालय, शिक्षक र प्रधानाध्यापकलाई पनि पुरस्कृत तथा सम्मान गरिएको थियोे ।

गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती गाउँपालिकाकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वली, गाउँपालिकाका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक पहलवान चाैधरी( अनुप), वडा नम्बर ४ का वडा अध्यक्ष बीरबहादुर चाैधरी, ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, नेपाल शिक्षक संघ राप्तीका अध्यक्ष मंगलप्रसाद चाैधरी र एन प्याप्सन राप्तीका अध्यक्ष विक्रान्त ज्ञवाली लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा साँस्कृतिक प्रस्तुती समेत राखिएको थियोे । कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे