पछिल्लो २४ घण्टामा नेपालमा २ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा २ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै २३ भदाै । पछिल्लो २४ घण्टामा दुई सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार चार सय एक जनाको नमुना परीक्षण गर्दा दुई सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक जना काेराेना सङ्क्रमितकाे ज्यान गएको छ । यस्तै २४ घण्टामा एक सय ६८ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई हजार चार सय ७३ रहेकाे छ । यसैबीच थप एक लाख ४३ हजार पाँच सय ९५ जनाले काेराेनाविरुद्धकाे खोप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे