राप्तीका विभिन्न वडाहरुमा लैंगिक समता तथा सामाजिक समावेशीकरण कार्यक्रम



राप्तीका विभिन्न वडाहरुमा लैंगिक समता तथा सामाजिक समावेशीकरण कार्यक्रम

भालुवाङ २३ भदाै । दाङकाे राप्ती गाउँपालिकाका विभिन्न वडाहरुमा गठित कृषक समूहका सदस्यहरूलाई लैंगिक समता तथा सामाजिक समावेशीकरण (GESI) सम्बन्धी समुदाय स्तरको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा नाम्सालिङ सामुदायीक विकास केन्द्रद्वारा संचालित एकीकृत सामुदायीक विकास परियोजना अन्तर्गत राप्ती गाउँपालिकाका विभिन्न वडाहरुमा साे कार्यक्रम गरिएको हाे।

कार्यक्रममा सामाज तथा परिवारमा जान अन्जानमा हुन सक्ने लैंगिक तथा सामाजिक विभेदका घटना बारे जानकारी गराउँदै सो को न्यूनीकरण तथा निवारणका लागि समुदाय सदस्यहरूको हुनसक्ने सकारात्मक भूमिकाका बारेमा छलफल गरेकाे छ । उक्त अभिमुखिकरण कार्यक्रममा राप्ती गाउँपालिका विभिन्न समुदायका करिब १ सय २४ समूह सदस्यहरूको सहभागिता रहेको थियो । भने कार्यक्रमको सहजीकरण नाम्सालिङकी GESI अधिकृत स्मृति देवकोटा तथा कार्यक्रम संयोजक शशांक आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे