फिजियोथेरापी दिवसको अवसरमा नोभा फिजियोथेरापीद्धारा निशुल्क उपचार तथा फलफूल बितरण



फिजियोथेरापी दिवसको अवसरमा नोभा फिजियोथेरापीद्धारा निशुल्क उपचार तथा फलफूल बितरण

देउखुरी २३ भदौ । विश्व फिजियोथेरापी दिवसको अवसरमा देउखुरीको लमहीमा अवस्थित नोभा केयर फिजियोथेरापी एण्ड रिहाविलिटेशन सेन्टरले आज बिहिबार एक दिने निशुल्क विशेषज्ञ फिजियोथेरापी परामर्श तथा उपचार गर्नुका साथै फलफूल बितरण गरेको छ ।

प्रत्येक बर्ष सेप्टेम्बर ८ तारिकका दिन नेपाल सहित विश्वभर विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । यसैबीच नेपालमा पनि पछिल्लो समय फिजियोथेरापी विधिबाट उपचार गर्दा धेरै बिरामीहरु निको हुन थालेपछि यस विधिको उपचारमा थप आकर्षण समेत बढ्न थालेको छ ।

नेपालमा समेत यो उपचार विधि एकदमै प्रभावकारी बन्न थालेपछि सरकारी अस्पताल तथा निजी क्षेत्रबाट पनि क्लिनिक नै सञ्चालन गरेर सेवा प्रदान गर्न थालिएको छ । नेपालमा ठुला अस्पताल र निजी क्लिनिकहरुले फिजियोथेरापी सेन्टर नै सञ्चालन गरेर देशभर यो विधिको उपचार गरिरहेको पाउन सकिन्छ ।

यसैबीच विश्व फिजियोथेरापी दिवसको अवसरमा देउखुरीको लमही नगरपालिका—८ स्थित नोभा केयर फिजियोथेरापी एण्ड रिहाविलिटेशन सेन्टरले आज राप्ती गाउँपालिका—८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा फलफूल बितरण गर्नुका साथै एक दिने निशुल्क विशेषज्ञ फिजियोथेरापी परामर्श तथा उपचार सेवा समेत प्रदान गरेको छ ।

जस अन्र्तगत नोभा केयर फिजियोथेरापी एण्ड रिहाविलिटेशन सेन्टर लमहीमा ३५ जना, नमोबुद्ध फिजियोथेरापी एण्ड रिहाविलिटेशन सेन्टर सिसहनियाँमा २० जना र नोभा केयर फिजियोथेरापी एण्ड न्यूरो रिहाविलिटेशन सेन्टर गढवामा १० जना गरी कुल ६५ जनाले निशुल्क विशेषज्ञ फिजियोथेरापी परामर्श तथा उपचार सेवा लिएको सेन्टरकी सञ्चालक तथा फिजियोथेरापीष्ट डाक्टर कमला चौधरीले जानकारी दिइन् ।

फिजियोथेरापी उपचार विधिको बारेमा जानकारी दिन तथा यस विधिको प्रयोगबाट बिरामीहरूमा हुने फाइदा लगायतका बिषयमा आम जनसमुदायमा सकरात्मक सन्देश पुर्याउने उद्देश्यले दिवसको अवसरमा एक दिने निशुल्क विशेषज्ञ फिजियोथेरापी परामर्श तथा उपचार गर्न लागेको डाक्टर चौधरीले जानकारी दिइन् ।

दिवसका अवसरमा आज बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म नोभा फिजियोथेरापी रिह्याविलिटेशन सेन्टर लमहीमा उक्त निशुल्क सेवा प्रदान गरिएको थियो । निशुल्क शिबिरमा प्यारालाईसिस, पक्षघाट, मुख बाङ्गो हुने समस्या गर्धन ढाड कम्मर घुडा कुम कुहिना लगायतका समस्या भएका बिरामीहरुको निशुल्क उपचार गरिएको डाक्टर चौधरीले जानकारी दिइन् ।

त्यस्तै शिविरमा सियाटिका नशा च्यापिएका झम्झमाउने पोल्ने सिल्का हान्ने मासपेशीको दुखाई कुम जाम हुने माथि लैजाने नमिल्ने अन्य जोर्नी जाम हुने हाड जोर्नी तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरको निशुल्क चेकजाँच परामर्श तथा उपचार गरिएको डाक्टर चौधरीले जानकारी दिइन् ।

त्यस्तै शिविरमा अप्रेशन वा प्लास्टर पछि जोर्नी जाम हुने चलाउन नमिल्ने खेलकुदको ममयमा लाग्ने चोटपटक र बाल अपाङ्गता सम्बन्धी समस्या भएका बिरामीहरको निशुल्क चेकजाँच परामर्श तथा उपचार गरिएको डाक्टर चौधरीले जानकारी दिनुभयो । उक्त शिविरमा फिजियोथेरापीष्ट डाक्टर कमला चौधरी सहितको स्वास्थ्यकर्मीहरुको टिमले निशुल्क चेकजाँच, परामर्श तथा उपचार गरेको थियो ।

यसैबीच दिवसको अवसरमा नोभा केयर फिजियोथेरापी एण्ड रिहाविलिटेशन सेन्टर लमहीले आज बिहान राप्ती गाउँपालिका—८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा फलफूल तथा कपडा बितरण गरेको छ । सेन्टरकी सञ्चालक तथा फिजियोथेरापीष्ट डाक्टर कमला चौधरी र स्वास्थ्यकर्मी रितु क्षेत्री आश्रममै पुगेर उक्त फलफूल तथा कपडा बितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे