नेपाल समाजवादी पार्टी (नेसपा) दाङ जिल्ला कमिटी पुर्णगठन



नेपाल समाजवादी पार्टी (नेसपा) दाङ जिल्ला कमिटी पुर्णगठन

दाङ २३ भदाै ।  नेपाल समाजवादी पार्टी (नेसपा) दाङ जिल्ला कमिटी पुर्णगठन गरिएको छ । पार्टी केन्द्रीय राजनिति समिती सदस्य तथा केन्द्रीय आर्थिक बिभाग प्रमूख हरि रिजालको बिशेष उपस्थितिमा बसेको बैठकले सुरेन्द्र प्रकाश चन्दको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

कमिटिको उपाध्यक्ष हरुमा बिकाश अग्रवाल र जिबराज पुन रहेका छन भने सचिबमा गणेश पान्डे सह–सचिब मान बहादुर डागी, कोषाध्यक्ष लक्ष्मी सुवेदी रहेको सह– सचिब मान बहादुर डागीले जानकारि दिएका छन ।

त्यसैगरी सदस्य हरुमा गिरिराज गरन्जा, शंकरमान बिष्ट, दिपक पोख्रेल, शान्ति रिजाल बिष्णु केसी, बामदेब भण्डारी, ईश्वर रिजाल, नारायण रिजाल, पदम भण्डारी, ईश्वर पौडेल, आईतराम कामी, टुकलाल भण्डारी, नारायण पोख्रेल, सरिता चौधरी, सीता बिक, हिरा घर्ती, लोकेन्द्र भण्डारी, जानकी न्यौपाने, मीन पौडेल र भिमा कुमारी भण्डारि रहेको नेसपा दाङले जनाएको छ ।

साथै नेसपा दाङले नौ सदस्यीय सचिवालय समिती र पाँच सदस्यीय सल्लाहकार समिती गठन गर्नुका साथै आगामी मंसिर ४ मा हुने निर्बाचनको लागि निर्बाचन छेत्र २ र ३ को लागि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुमातिक तर्फका प्रतिनिधिहरुको नाम सिफारिस गरेको छ भने छेत्र न. १ को पछि टुग्याउने निर्णय गरेको छ । जस अनुसार छेत्र न.२ को लागि प्रत्यक्ष तर्फ प्रकाश बिस्टको नाम सिफारिस गरिएको छ भने छेत्र न. ३ मा जिबराज पुनको नाम सिफारिस गरिएको छ ।

त्यसै गरि २ (क) मा गणेश पाणडे २ (ख) मा बिकाश अग्रवाल ३ (क) मा गिरिराज गरन्जा मगर ३ (ख) मा आईतराम कामीको नाम सिफारिस गरिएको छ । त्यसै गरि समानुपातिक तर्फ कुल बहादुर घर्ती,सुरेद्र प्रकाश चन्द, शान्ती रिजाल,ईश्वर पौडेल,शुष्मा बिक,बिरु गुरुङ र लक्ष्मी पान्डे सुबेदीको नाम सिफारिस गरिएको अध्यक्ष चन्दले जानकारी गराएका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे