जथाभावी फोहोर नफाल्न आग्रह गर्दै भालुवाङमा माइकिङ गर्न सुरू



जथाभावी फोहोर नफाल्न आग्रह गर्दै भालुवाङमा माइकिङ गर्न सुरू

भालुवाङ २२ भदौ । दाङको राप्ती गाउँपालिकामा आशाका किरण संस्थाले बुधबार देखि सरसफाई सम्बन्धी संदेशमुलक माइकिङ गर्न सुरू गरेको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रमुख बजार भालुवाङ सहितका अन्य बजार क्षेत्रमा फोहोर अत्यधिक बढेको भन्दै सो संस्थाले राप्ती गाउँपालिका सँग समन्वय गरेर १ हप्ता सम्म यातायात व्यवसायी, सवारी साधान तथा व्यापारीहरुलाई जथाभावी फोहोर नफाल्न आग्रह गर्दै माइकिङ गर्न सुरू गरेको हो ।

सके सफा गरौ, नसके फोहोर नगरौं, गाडीमा यात्रा गर्दा बाहिर फोहोर नफालौं, डस्वीनमा मात्र फोहोर फालौं, सभ्य नागरिकको परिचय दिउ भन्ने मुल नारा लिएर मंगलबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले  कार्यक्रमको सुभारम्भ गरेका थिए ।

बुधबार संस्थाले सार्वजनिक यातायातका साधानहरूमा डस्वीन भए नभएको निरिक्षण गर्नुका साथै गाडीमा अनिवार्य डस्वीन राख्न सुझाव दिएका थिए भने यात्रुहरूलाई जथाभावी फोहोर गाडी बाहिर नफालि गाडीमा रहेको डस्वीनमा मात्र फोहोर फाल्न सुझाव दिएका थिए । यस्तै व्यापारी तथा ठेला व्यवसायीहरूलाई पनि आफ्नो पसल अगाडि गल्ने र नगल्ने फोहोर फाल्न डस्वीन राख्न आग्रह गरेका थिए ।

संस्थाका अध्यक्ष अशोक बेल्वासेको नेतृत्वमा गएकोमा टोलीमा संस्थाका लोकमणी भुसाल, विमल राना, दिवस आचार्य र प्रेस संयोजक ओमप्रकाश गुप्ता सँगै इलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी टोली र ट्राफिक प्रहरीको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे