साफ महिला च्याम्पियनशिपमा नेपालले भुटानलाई ४–० ले हरायाे



साफ महिला च्याम्पियनशिपमा नेपालले भुटानलाई ४–० ले हरायाे

काठमाण्डाै २१ भदाै । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेकाे छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएकाे उद्घाटन खेलमा भुटानलाई चार–शून्यले हराउँदै नेपालले प्रतियाेगितामा सुखद सुरुवात गरेकाे हाे ।

नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गाेल गरे । सावित्राले खेलकाे १२ औँ र ६८ औँ मिनेटमा गाेल गरिन् भने अनिताले खेलकाे ५३ औँ र ८५ औँ मिनेटमा गाेल गरिन् ।  याे जितसँगै समूह ‘ए’ रहेकाे नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब भदौ २७ गते साेमवार श्रीलङ्कासँग खेल्नेछ ।

प्रतियोगितामा भाेलि समूह ‘बी’ काे दुई वटा खेल हुनेछ । पहिलो खेलमा दिउँसाे १ बजे भारत र पाकिस्तान खेल्दा दोस्रो खेलमा बेलुकी साढे ५ बजे बङ्गलादेश र माल्दिभ्सले खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे