राप्तीमा दाङका १० वटै पालिका प्रमुख र उपप्रमुख बिच अन्तरक्रिया



राप्तीमा दाङका १० वटै पालिका प्रमुख र उपप्रमुख बिच अन्तरक्रिया

भालुवाङ १९ भदाै । दाङका १० बटै पालिका प्रमुख र उपप्रमुख बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती गाउँपालिकाको कार्यालय मसुरियामा आइतबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा राप्ती गाउँपालिकाले गरेका राम्रा कामको चर्चा भएको थियो । अन्य पालिका प्रमुख तथा उपप्रमुखहरुले राप्ती गाउँपालिकाले गरेका राम्रा कामको प्रशंसा गर्दै कसरी भएको छ भन्ने बिषयमा जिज्ञासा राखेका थिए ।

राप्ती गाउँपालिकाको व्यवस्थापन तथा जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय प्रमुख नित्यानन्द शर्माले गरेका थिए । उक्त कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले स्थानीय तहको निर्वाचन पछि आफ्नो नेतृत्वमा १०० दिनमा राप्ती गाउँपालिकाले गरेका राम्रा कामको बारेमा उपस्थित प्रमुख तथा उपप्रमुखलाई जानकारी गराएका थिए ।

धेरै पालिका प्रमुख तथा उपप्रमुखले राप्ती गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका कामको व्यवस्थापन र कार्यक्रमको बारेमा जिज्ञासा राखेका थिए । पालिका प्रमुख तथा उपप्रमुखको अर्को बैठक असोज २८ गते शान्तिनगरमा बस्ने निर्णय भएको छ भने कार्यक्रमको संचालन राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेप बहादुर वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे