पत्रकार गुप्ताले निलसागरलाई फलफुल दिएर जन्म दिन मनाए



पत्रकार गुप्ताले निलसागरलाई फलफुल दिएर जन्म दिन मनाए

सिसहनियाँ १८ भदाै । समाजका हरेक व्यक्तिले आफ्नो जन्म दिन फरक फरक तरिकाले मनाइरहेका हुन्छन् । कसैले केक काटेर, कसैले भोजभतेर गरेर त कसैले दिनदुखीको सेवा गरेर आफ्नो जन्म दिन मनाउने गरेका हुन्छन् । तर दाङ देउखुरीका एक पत्रकारले भने आफ्नो जन्म दिन अलि फरक तरिकाले मनाएका छन् ।राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी भालुवाङ सञ्चार सेवा प्रालि द्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर तथा समाचार प्रमुख एवम् देउखुरी टुडे डटकमका अध्यक्ष /प्रधान सम्पादक सन्तोषकुमार गुप्ताले आफ्नो ३३ औं जन्म दिनमा शनिबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई फलफुल दिएर मनाएका छन् ।आश्रमका बुवा आमाहरुकाे स्वास्थ्यलाई फाइदा पुगाेस् भन्नका लागि आफुले  फलफुल प्रदान गरेकाे गुप्ताले बताए । फलफुल प्रदान गर्दै पत्रकार गुप्ताले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा दिनदुखीको सेवामा केही सहयोग गर्न सके पुण्य प्राप्त हुने समेत बताएका छन् । साथै उनले आफ्नो जन्म दिनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा तथा सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिने सम्पूर्ण साथीभाई इष्टमित्रहरूलाई धन्यवाद समेत दिएका छन् । यस्तै देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले पत्रकारिता क्षेत्रकाे विकासका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे