लमहीकाे शिवखोलामा बस पल्टिदा १६ जना घाइते



लमहीकाे शिवखोलामा बस पल्टिदा १६ जना घाइते

दाङ १७ भदाै । दाङमा बस पल्टिदा १६ जना घाइते भएका छन् । नारायणघाटबाट बर्दियका लागि छुटेको ना६ख ९६७९ नम्बरको बस लमही नगरपालिका–९ शिवखोलामा पल्टिदा उनिहरु घाइते भएका हुन् ।

घाइते हुनेमा बर्दिया मधुवन नगरपालिका– ५ निबासी ६२ बर्षका गुठी सोनाह, सोही ठाउँका ५ बर्षकी दिप सोनाह, ३२  बर्षका श्याम सोनाह, बाँकेको कोलहपुर नगरपालिका–१० निबासी ४२ बर्षका बिमला बुढाथोकी, चितवनको भरतपुर महानगरपालिका–४ निबासी ४५ का गितादेबी पन्त, उहाँका श्रीमान ५५ बर्षका डोलेन्द्रराज पन्त, नेपालगंज उपमहानगरपालिका–१८ निबासी ४२ बर्षका राधा खड्का, सोही ठाउँ निबासी ३३ बर्षका धनकुमारी पुन, प्युठानको झिमरुक गाउँपालिका–४ निबासी १८ बर्षका अस्मिता केसी रहेका छन् ।

त्यसैगरी अन्य घाइते हुनेहरुमा चितवनको खैरेनी नगरपालिका–२ निबासी १८ बर्षकी सरस्वती सेढाई, बर्दिया जिल्लाको बडैयाताल गाउँपालिका–७ निबासी ५० बर्षकी दिलकुमारी पोडेल, सोही ठाउँ निबासी ७२ बर्षका चन्डी प्रसाद चापागाँई, उहाँकी श्रीमति ६२ बर्षकी खगीसरा चापागाँई, ३२ बर्षका टेकराज रेग्मी, राप्ती गाउँपालिका–३ निबासी २६ बर्षका सुदर्शन चौधरी, लमही नगरपालिका–५ निबासी ५६ बर्षका दामोदर अधिकारी रहेका छन् ।

घाइते सबैलाई उपचारका लागि कोहलपुर लगिएको छ । बस दिउँसो साढे चार बजे ब्रेक फेल भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बसमा ३० यात्रु सवार थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको घटना स्थलमा खट्नु भएका प्रहरी वरिष्ट निरीक्षक सराेज कुमार कैलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे