रातीदेखि अवरुद्ध बुटवल-पाल्पा सडक एकतर्फी खुला



रातीदेखि अवरुद्ध बुटवल-पाल्पा सडक एकतर्फी खुला

बुटवल १५ भदाै । गयरातीदेखि अवरुद्ध भएको बुटवल-पाल्पा सडक एकतर्फी खुला भएको छ । पाल्पा- सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ-३ झुम्सा र हेडबक्स नजिकै ढुंगा सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

सडक भाँसिदा तथा सो सडकमा माथिबाट लेदो सहितको पहिरो खसेपछि अवरुद्ध भएको थियो । पहिरो हटाएसँगै एकतर्फी सडक सञ्चालनमा आएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे