दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु, १२ जना घाइते



दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु, १२ जना घाइते

 दाङ १५ भदौ  । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । घोराही उपमहानगरपालिका-१२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङमा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमका अनुसार घटनास्थल चार-पाँच घण्टाको दूरीमा भएकाले मृतकको नाम र घाइतेहरूको अवस्था अझै पत्ता लागेको छैन । बुधबार बिहान प्रहरीको टोली घटनास्थल गएको र सम्पर्क हुन नसकेको उनले बताए ।

‘वडाअध्यक्ष मार्फत् हामीकहाँ घटनाको बारेमा जानकारी आयो। हामीले प्रहरीलाई त्यस तर्फ पठाएका छौँ’, डिएसपी गौतमले भने, ‘प्रहरी घटनास्थलबाट फर्किएपछि थप विवरण आउँछ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे