महाअभियोग सिफारिस समिति बैठकः निलम्बित प्रधानन्यायधिस राणासँग बयान लिइँदै



महाअभियोग सिफारिस समिति बैठकः निलम्बित प्रधानन्यायधिस राणासँग बयान लिइँदै

काठमाडौं १५ भदाै । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायधिस राणासँग बयान लिन लागेको हो ।

नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायधिसँग बयान लिन लागेको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे