तनहुँ, लमजुङ, कास्की र चितवन आसपासका क्षेत्रमा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह



तनहुँ, लमजुङ, कास्की र चितवन आसपासका क्षेत्रमा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै १५ भदाै । पछिल्लो ३ घण्टामा तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी, चितवन र आसपासका धेरै ठाउँमा ठूलो पानी परेको छ ।

ती क्षेत्रमा ठूलो वर्षा मापन भएको र साना खोला तथा नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै कपिलवस्तुको बाणगङ्गा र आसपासको क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । बाणगङ्गालगायत आसपासका क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे