दाङ–सल्यान सडक खण्ड खुल्यो, दाङ–रोल्पा सडक खण्ड खुलाउने प्रयास जारी
तुलसीपुर १३ भदौ । दाङ–सल्यान सडक खण्ड पौने १२ बजेपछि सुचारु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.३ साततले भन्ने ठाउँमा झरेको पहिरोका डोजेर पंछाएपछि सडक खण्ड सुचारु भएको हो ।
राप्ती राजमार्ग अन्तरगत साततलेमा मध्यराति तिर झरेको पहिरोका कारण दाङ–सल्यान–रुकुम र पश्चिम रोल्पा चल्ने सवारी साधन ठप्प थिए ।
तर, दाङ– रोल्पा सडक खण्ड भने अझैं खुलेको छैन । शहिद मार्ग अन्तरगत घोराहीदेखि होलेरी जोड्न सडक खण्डमा दाङको दुई खोली प्रहरी चौकी भन्दा केही उत्तरतर्फ मोडमा झरेको पहिरो पंछाउने क्रम जारी रहेको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले डोजरबाट पहिरो पंछाउने क्रम जारी रहेको जानकारी दिए । उक्त सडक खण्ड बिहान ७ बजेदेखि पहिरोका कारण बन्द भएको छ ।
प्रतिक्रिया दिनुहोस्