राप्तीमा शिक्षक छनाेट नतिजा कमजोर, ५० शिक्षक माग गरेकोमा २६ जना मात्र सफल



राप्तीमा शिक्षक छनाेट नतिजा कमजोर, ५० शिक्षक माग गरेकोमा २६ जना मात्र सफल

भालुवाङ १३ भदौ । राप्ती गाउँपालिकाले तीन तहको विभिन्न विषयमा सञ्चालन गरेको अनुदान करार शिक्षकको सामान्य परीक्षामा २६ जना उम्मेदवार मात्र सफल भएका छन् ।

राप्ती गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूमा बाल शिक्षा देखि १० कक्षा सम्म निशुल्क शिक्षा कार्यन्वयनका लागि विद्यालयमा अपुग हुने अनुदान शिक्षक करारमा पदपुर्तिका लागि प्राथामिक, आधारभूत र माध्यमिक शिक्षा तर्फ विभिन्न बिषय गरी कुल ५० जना शिक्षकका लागि आवेदन खुल्ला गरेकोमा आइतबार प्रकाशित नतिजा अनुसार ३ तहको विभिन्न विषयमा भएको परिक्षामा २६ जनाले मात्र नाम निकाल्न सफल भएका छन् ।

जस अनुसार प्रावि तहको परिक्षामा ३ जना शिक्षक माग गरेकोमा ८८ जना उम्मेदवारले दिएको परिक्षामा सवै उम्मेदवार फेल भएका छन् । सो विषयमा ९६ जनाले आवेदन दिएकाेमा ८८ जनाले परिक्षा दिएका थिए ।

यस्तै आधारभुत तहको विज्ञान विषयमा २ जना शिक्षक माग गरेकोमा २२ जनाले परीक्षा दिएका थिए । परीक्षा दिएका २२ जना मध्ये ३ जनाले मात्र नाम निकालेका छन् । यस्तै सोही तहको सामाजिक विषयमा २ जना शिक्षक माग गरेकोमा ४५ जनाले परीक्षा दिएका थिए । परीक्षा दिएका ४५ जना मध्ये ४ जनाले मात्र नाम निकाल्न सफल भएका छन् ।

यस्तै सोही तहको कम्प्युटर विषयमा ३ जना शिक्षक माग गरेकोमा २५ जनाले परीक्षा दिएका थिए । परीक्षा दिएका २५ जना मध्ये १ जनाले मात्र नाम निकाल्न सफल भएका छन् । त्यसै गरि सोही तहको नेपाली विषयमा २ जना शिक्षक माग गरेकोमा ५१ जनाले परीक्षा दिएका थिए । परीक्षा दिएका ५१ जना मध्ये ७ जनाले नाम निकालेका छन् ।

त्यसै गरि सोही तहको अंग्रेजी विषयमा २ जना शिक्षक माग गरेकोमा ९ जनाले परीक्षा दिएका थिए । परीक्षा दिएका ९ जना मध्ये १ जनाले नाम निकालेका छन् । त्यसै गरि सोही तहको गणित विषयमा २ जना शिक्षक माग गरेकोमा ७ जनाले परीक्षा दिएका थिए । परीक्षा दिएका ७ जना मध्ये कसैले पनि नाम निकाल्न सकेनन् । अर्थात सफल हुन सकेनन् ।

यता माध्यमिक तहको नेपाली विषयमा ७ जना शिक्षक माग गरेकोमा ३६ जनाले परीक्षा दिएका थिए । परीक्षा दिएका ३६ जना मध्ये ४ जनाले मात्र नाम निकालेका छन् । त्यसै गरि सोही तहको अंग्रेजी विषयमा ७ जना शिक्षक माग गरेकोमा १३ जनाले परीक्षा दिएका थिए । परीक्षा दिएका १३ जना मध्ये ३ जनाले मात्र नाम निकाल्न सफल भएका छन् ।

त्यसै गरि सोही तहको गणित विषयमा ८ जना शिक्षक माग गरेकोमा ६ जनाले परीक्षा दिएका थिए । परीक्षा दिएका ६ जना मध्ये कसैले पनि नाम निकाल्न सकेनन् । अर्थात सफल हुन सकेनन् । त्यसै गरि सोही तहको विज्ञान विषयमा ६ जना शिक्षक माग गरेकोमा १८ जनाले परीक्षा दिएका थिए । परीक्षा दिएका १८ जना मध्ये कसैले पनि नाम निकाल्न सकेनन् । अर्थात सफल हुन सकेनन् ।

त्यसै गरि सोही तहको सामाजिक विषयमा ७ जना शिक्षक माग गरेकोमा ३२ जनाले परीक्षा दिएका थिए । परीक्षा दिएका ३२ जना मध्ये ३ जनाले मात्र नाम निकाल्न सफल भएको राप्ती गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तथा परिक्षा समितिका सदस्य सचिव विश्वास विकले जानकारी दिएका छन् । यसै बीच समान्य परिक्षामा सफल भएका उम्मेदवारको लिखित परीक्षा भदाै १७ गते राप्ती गाउँपालिकामा दुई चरणमा हुने बताइएको छ । सामान्य परिक्षा आदर्श नमुना मावि लालमटियामा शनिबार भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे