आज देशभर वर्षा, चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना



आज देशभर वर्षा, चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ १२ भदाै । काठमाण्डौ उपत्यका सहित देशभर नै झरी परिरहेको छ । गएराति देखि नै देशका धेरै ठाउँमा पानी परेको छ ।

आज दिनभरि नै पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार आज वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ  । यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि ठूलो  पानी पर्ने छ ।

आज राति पनि गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र अन्य प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । पछिल्लो ३ घण्टामा  मकवानपुर, धादिङ, अर्घाखाँची, दाङ, सुनसरी, सप्तरी, सोलुखुम्बु र सिन्धुपाल्चोकमा ठूलो वर्षा भएको छ । अबको एक/दुई दिन पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको छ ।

बाढी पहिरोको जोखिम रहेकाले नदी छेउछाउ तथा भिरालो जमिनमा बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, यात्रा गर्दा, खेतबारीको काम गर्दा ध्यान दिन सुझाव दिइएको छ । लगातार पानी पर्ने सम्भावना रहेकाले घर बाहिर निस्किँदा छाता, प्लास्टिक, घुम, रेनकोट लगायतका ओडो बोक्न पनि सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे