राप्ती गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्तालाई मासिक ८ हजार ५ सय दिने



राप्ती गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्तालाई मासिक ८ हजार ५ सय दिने

भालुवाङ ७ भदाै । दाङको राप्ती गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) लाई मासिक ८ हजार ५ सय रूपैयाँ दिने भएको छ । संघीय सरकारले पठाएको रू दश हजारमा गाउँपालिकाले ८ हजार ५ सय थपेको हो ।

अब राप्ती गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत इसीडी शिक्षकले मासिक रू १८ हजार ५ सय रूपैयाँ तलब पाउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सबै सामुदायिक विद्यालयलाई सोमबार निर्देशन दिँदै गाउँपालिकाले भनेको छ,‘आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक बालविकास सहजकर्ता तलबभत्ता (साउन, भाद्र र असोज तथा चाडपर्व खर्च) संघीय सरकारतर्फ मासिक रू १० हजार र गाउँपालिकाको तर्फबाट ८ हजार ५ सय रूपैयाँ थप भएको छ ।

त्यसैगरी गाउँपालिकाले विद्यालय कर्मचारीलाई ८ हजार रूपैयाँ दिएको जनाएको छ । संघीय सरकारले लेखापाललाई रू १३ हजार ५ सय र विद्यालय सहयोगीलाई रू ८ हजार दिएको छ । अब गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत लेखापाल र सहयोगीले प्रत्येक महिना क्रमशः रू २१ हजार ५ सय र १६ हजार रूपैयाँ पाउँने छन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिकमा गृहिणी विद्यालय सहजकर्ताहरूका लागि तलबभत्ता (साउन, भाद्र र असोज तथा चाडपर्व खर्च) ११,००० छुट्याएकाे छ । संघीय सरकारतर्फ रू ८ हजार २ सय प्राप्त हुन्छ । उनीहरूले प्रत्येक महिना १९ हजार २ सय रूपैयाँ पाउने गाउँपालिकाले बताएको छ ।

गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक शिक्षक तलबभत्ता (साउन, भाद्र र असोज तथा चाडपर्व खर्च) स्वीकृत दरबन्दी राहत अनुदान प्राविधिकधार तर्फ संघीय सरकारबाट २०७९ साउन १ गते देखि लागु हुने गरि तोकिएको तलब तथा ग्रेडलाई आधार मानी तलब भत्ताका लागि यहि भदौ २० गते भित्र माग फाराम पेश गर्न गाउँपालिका अन्तर्गतका विद्यालयलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे