दाङमा राष्ट्रिय परिचयपत्रको काम वडा तहबाटै हुने



दाङमा राष्ट्रिय परिचयपत्रको काम वडा तहबाटै हुने

दाङ ७ भदौ । दाङमा राष्ट्रिय परिचयपत्रको काम अव वडा तहबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय घोराही र इलाका प्रशासन कार्यालय लमही र तुलसीपुरबाट हुँदै आएको राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम भदौ १२ गतेदेखि वडा तहबाटै संकलनका लागि अभियान सञ्चालन हुने भएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजना तथा जिल्ला प्रशासन कार्यालय दाङको सहआयोजनामा घोराहीमा भएको राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियानसम्बन्धी अन्तरक्रिया तथा समन्वय बैठकमा जिल्लामा अभियान सञ्चलन हुन थालेको जानकारी गराइएको हो ।

जिल्लाका दश स्थानीय तहमध्ये सुरुमा घोराही उपमहानगरपालिकादेखि पहिलो चरणमा अभियान सुरु हुन थालेको छ । ३ देखि ४ महिनाभित्र दाङका सम्पूर्ण १६ वर्षदेखिमाथिका नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने गरी काम हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले बताए । ए

क वडामा जनसंख्या र भूगोललाई हेरेर कम्तीमा २ देखि ४ दिनसम्म विवरण संकलनका लागि कर्मचारी खट्ने बताउ्रँदै महानिर्देशक भट्टराईले ‘यसरी विवरण संकलनको काम गर्दा जिल्लाका एक सय वडाहरुमा करिब ३ देखि ४ महिनाभित्र सबै नागरिकको विवरण संकलन गरिने बताए ।

विवरण संकलनका लागि कर्मचारी वडा कार्यालयमै खटाइनेछ । अभियानका क्रममा सम्बन्धित वडाको नागरिकको मात्रै अभियानका क्रममा विवरण संकलन गरिने जानकारी गराइएको थियो ।

अभियानका क्रममा सम्बन्धित ठाउँमा स्थायी बसोबास भएका नागरिकहरुको मात्र विवरण संकलन गरिने छ भने दाङमा अस्थायी बसोवास गर्ने तर घरचाहिँ जिल्ला बाहिर भएका नागरिकको विवरण संकलन हुने छैन । उनले राष्ट्रिय परिचयपत्रका लागि नागरिकता अनिवार्य हुनुपर्ने बताए ।

दाङमा हालसम्म राष्ट्रिय परिचयपत्र ४७ हजार बढीले प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय घोराहीबाट १९ हजार १० जना, इलाका प्रशासन कार्यालय लमहीबाट १८ हजार ६ सय ९३ जना र इलाका प्रशासन कार्यालय लमहीबाट ९ हजार ३ सय ७५ जना गरेर ४७ हजार ७८ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेको विभागका महानिर्देशक भट्टराईले जानकारी दिएका छन् ।

विवरण संकलन गरिसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र जारी गर्नेछ । १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन हुनेछ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले राष्ट्रिय परिचयपत्र बनाउने टोली वडा तहमै आउनु राम्रो भएको भन्दै अभियानलाई सबै नागरिकले सहयोग गर्नुपर्ने बताएका थिए ।

राष्ट्रिय परिचयपत्र बहुउपयोगी परिचयपत्र भएकाले सबै नागरिकलाई कर्मचारीले भनेबमोजिम आफ्नो नाम दर्ता गराउन प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे