दाङमा बन्द गराउँदै हिडेका (विप्लव) नेतृत्वका १५ जना कार्यकर्ता पक्राउ



दाङमा बन्द गराउँदै हिडेका (विप्लव) नेतृत्वका १५ जना कार्यकर्ता पक्राउ

दाङ ७ भदौ । दाङमा नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वका १५ जना कार्यकर्ता पक्राउ परेका छन । उनिहरुलाई बन्द गर्दै हिड्ने क्रममा विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा तुलसीपुरबाट ४ जना,घोराहीबाट ४ जना र लमहीबाट ७ जना रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।

जसमा तुलसीपुरको बिरेन्द्र चोक देखि सवारी सञ्चालनमा अवरोध गर्ने, चाँवी खोस्ने गरिरहेको अवस्थामा संजय, सुर्दशन, हेमन्त र दीपेन्द्रलाई पक्राउ गरिएको छ भने घोराहीबाट हिमाल केसी, टार्जन वली, खुमन पौडेल र प्रकाश बुढा मगरलाई पक्राउ गरिएको छ ।

त्यसैगरी लमही देखि नगर ईन्चार्ज जनक लगायतका ७ जना कार्यकर्ताहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनोज चौधरी, शोभाराम थापा, नारायण थापा, लोकबहादुर विक, जनक केसी, विष्णु रहेका छन् ।

तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई गरिएको पक्राउ पर्जुी जारी, एमसीसी, भ्रष्टाचार, महंगीका बिरुद्धमा दाङ सहित देशैभर एक दिने बन्दको घोषणा गरिएको पार्टीले जनाएको छ । बन्द बेलुका ५ बजे देखि मात्र खुल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे