दाङमा ड्याममा डुबेका पुरुषको अवस्था अझै अज्ञात



दाङमा ड्याममा डुबेका पुरुषको अवस्था अझै अज्ञात

घोराही ७ भदौ । दाङमा ड्याममा डुबेर वेपत्ता भएको २४ घण्टा बढी भएपनि पुरुषको अवस्था अझै पनि अज्ञात रहेको छ । घोराही उपमहानगरपालिका १७ कर्जाहीका ४० वर्षीय अम्मर चौधरी सोमबार बिहान ११ बजेतिर कर्जाही ड्याममा अन्य दुइजना साथी सँग घोङ्घी टिप्न गएको बेला डुबेर बेपत्ता भएका थिए ।

चौधरीको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए । ड्याममा डुबे लगत्तै खोजि कार्य जारी राखेपनि २४ घण्टा भन्दा बढी हुँदा समेत उनको अवस्था अज्ञात रहेको गौतमले बताए । वेपत्ता भएका चौधरीको खोजीकार्यका लागि गोताखोरको टोली, शसस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे