लमहीबाट ७ जना बन्दकर्ता पक्राउ



लमहीबाट ७ जना बन्दकर्ता पक्राउ

लमही ७ भदाै । प्रहरीले नेपाल कम्युनिस्ट पार्टी लमही नगर ईन्चार्ज जनक लगायतका ७ जना कार्यकर्ताहरूलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनोज चौधरी, शोभाराम थापा, नारायण थापा, लोकबहादुर विक, जनक केसी, विष्णु रहेका छन् । प्रहरीले उनीहरूलाई लमहीबाट केही बेर अगाडि मात्र धरपकड गरि गिरफ्तार गरेको हो ।

यश अघि प्रहरीले घोराही र तुलसीपुरबाट ४/४ जनालाई नियन्त्रणमा लिएको थियो । घोराही-१६ सर्रामा पसल बन्द गराउँदै हिड्ने चार जना र तुलसीपुरको बिरेन्द्र चोकमा सवारी साधान अवरोध गर्ने चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घोराहीबाट अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक खुमन पौडेलसहित ४ जना पक्राउ परेका छन् । शान्तिपूर्ण ढंगले बन्द गराउन सडकमा गएका विद्यार्थी नेताहरूलाई प्रहरीले बिना कारण पक्राउ गर्नु निन्दनीय कार्य भएको र पक्राउ गरिएका ४ जनालाई निःसर्त यथासिघ्र रिहाई गर्नुपर्ने नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरका इन्चार्ज निर्मल केसीले बताए ।

यस्तै तुलसीपुरबाट . पत्रकार हेमन्त प्रकाश वली, संजय वली, सुदर्शन र दिपेन्द्र चार जना पक्राउ परेको जिल्ला इन्चार्ज शितल वलीले जानकारी दिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले चार जना बन्दकर्तालाई पक्राउ गरिएको अरु अवस्था सामान्य रहेको बताए ।

चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीकाविरुद्ध देशैभर आज बन्दको आह्वान गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कणर्जितले गत साउन २७ गते नै संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे