दाङमा सडक बन्द गराउँदै हिडेका ८ जना बन्दकर्ता पक्राउ



दाङमा सडक बन्द गराउँदै हिडेका ८ जना बन्दकर्ता पक्राउ

दाङ ७ भदौ । दाङमा ८ जना बन्द कर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुरबाट चार जना र घोराहीबाट चार जना रहेको प्रहरीले बताएको छ ।

तुलसीपुरको बिरेन्द्र चोकमा सवारी सञ्चालनमा अवरोध गर्ने, चाँवी खोस्ने गरिरहेको अवस्थामा बिहान ८ बजे चार जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

तुलसीपुरबाट पक्राउ पर्नेमा नेत्र बिक्रम चन्द (विप्लव) का कार्यकर्ता संजय, सुर्दशन, हेमन्त र दीपेन्द्र रहेका छन् । त्यसैगरी घोराही पनि जबरजस्ती गाडी रोक्न खोज्ने चार जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् ।

घोराहीको सर्रामा बाटोमा ढुङगाहरु राखेर गाडीहरु रोक्न खोज्ने हिमाल केसी, टार्जन वली, खुमन पौडेल र प्रकाश बुढा मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र बिक्रम चन्द (विप्लव), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले नेपालबन्दको आह्वान गरेका छन ।

उनीहरुले जारी गरेको बिज्ञप्तिमा तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पूर्जी जारी गरिएको, एमसीसी पास गरेको, भ्रष्टचार बढेको र महंगी नियन्त्रणमा चासो नदिएको भन्दै बन्द गर्नु परेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे